इन्टरनेट तथा टिभी सेवा बन्द हुने अवस्थामा

काठमाडौं। इन्टरनेट तथा टिभी सेवा प्रदायकले बढेको भाडादर नबुझाएपछि विद्युत प्राधिकरणले तार काट्ने भएको छ । जसका कारण इन्टरनेट तथा टिभी सेवा बन्द हुने अवस्था सिर्जना भएको छ।

नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइवर भाडाको नयाँ दर रेट कायम गरेको र उक्त भाडादर इन्टरनेट तथा टिभी सेवा प्रदायकले नतिरेपछि प्राधिकरणले तार काट्ने भएको हो । यता इन्टरनेट सेवा प्रदायक समन्वय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणको निर्णयको विरोध गर्दै अनावश्यक रुपमा व्यबसायीको ढाड सेक्ने गरि पोलको भाडामा वृद्धि गरेको हुनाले आफुहरु व्यबसाय सञ्चालन गर्न नसक्ने समेत जानकारी दिएका थिए।

प्रधिकरणले तारकाटेपछि हुने ब्ल्याक आउटको जिम्मा नलिने समितिले बताएको छ । साथै यहि २०७५ साल साउन १ गतेदेखि विद्युत प्राधिकरणले एकलौटि ढंगले नयाँ दररेट कायम गरेको भन्दै समितिले विरोध गरेको हो ।

विद्युत प्राधिकरणले तोकेको रेटमा हाल तिर्दै आएको रेटको तुलनामा शहरमा ५ गुणाले वृद्धि हुने र गाउँमा १२ प्रतिशतले वृद्धि हुने भएको छ ।