आइपिएल क्रिकेटको फाइनलमा चेन्नाई सुपर किंग र मुम्बई इन्डियन्स भिड्ने

मुक्तिनाथ टाईम्स। १२ औ संस्करणको इन्डियन प्रिमियर क्रिकेट लिगको उपाधिका लागि चेन्नाई सुपर किंग र मुम्बई इन्डियन्स भिड्ने भएका छन।

गयराती सम्पन्न दोश्रो इलिम्नेटर अन्तरगतको खेलमा चेन्नाईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो । १ सय ४८ रनको लक्ष्य चेन्नेईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बनाउँदै चेन्नेईको जितमा महत्वपुर्ण योगदान दिएका थिए।

उता दिल्लीका लागि ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भएका थिए । कप्तान श्रेयश लेयर १३ रनमा पोविलियन फर्किएका थिए ।

चेन्नेईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २-२ विकेट हात पारे ।

अब फाइनल खेल नेपाली समयानुसार भोलि आइतबार १२ मे मा राजिभ गान्धी इन्टरनेश्नल स्टेडियममा हुने छ।