नयाँ शक्ति र फोरम बिचको पार्टी एकता सोमबार

काठमाडौं, वैशाख २१। उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालवीच एकीकरण हुने घोषणा गरिएको छ ।

दुइ पार्टीले वैशाख २३मा पार्टी एकीकरणको घोषणा गर्ने संघीय फोरम र नयाँ शक्तिले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा बताइएको छ । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने भएको छ । वैशाख २३मा प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी दुइ पार्टीवीच एकिरण गरिने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा फोरमका अध्यक्ष उ यादव र नयाँ शक्तिका संयोजक हस्ताक्षर गरेका छन् ।

 

स्रोतका अनुसार एकीकृत पार्टीमा बाबराम भट्टराइ र उपेन्द्र यादव दुवै जना अध्यक्ष रहने सहमति भएको छ । वरियताक्रममा भट्टराइ अगाडि भए पनि यादवको भुमिका कार्यकारी अध्यक्ष हुने भएको छ । तेश्रो वरियातामा अशोक राइ रहने भएका छन् । महासचिवमा भट्टराइ,यादव र राइबाट एक/एक जना नेता रहने छन ।