मुक्तिनाथ टाईम्स। इङ्लिस प्रिमियर लिग अन्तरगत २ चरणको खेल बाँकी रहदा उपाधिको होडमा लिभरपुल र म्यानचेष्टर सिटी प्रमुख दाबेदारको रुपमा रहेका छन। बाँकी २ खेल जित्न सकेको खण्डमा सिटी स्वत लिग बिजेता बन्ने छ भने लिभरपुलले आफ्नो दुवै खेल जितेपनि सिटीले आफ्नो खेलमा बराबरी तथा हार बेहोरेको खण्डमा मात्र लिभरपुलले लिग जित्ने सम्भावना हुने छ।
यसै क्रममा लिभरपुलले लिगको ३७औ खेलमा न्युक्यासलको गृहमैदानमा आज राती नेपाली समय अनुसार १२ः४५ मा खेल्ने छ। लिभरपुलले न्युक्यासलसंगको यस सिजनको पहिलो खेलमा जित हात पारेको थियो। आजको खेल जितेर लिभरपुल लिगमा अग्रता लिन चाहन्छ ।
यसैगरी सिटीले आफ्नो ३७औ खेलमा सोमबार राती लेष्टर सिटीको आतित्थ्य गर्ने छ। सिटीलाई भने केहि दबाब रहेको छ। यि दुई बिचको सिजनको पहिलो खेलमा लेष्टरले अप्रत्यासित रुपमा सिटीलाई पराजित गरेको थियो। त्यसैले सिटी अब हुने खेलमा जित हात पार्दै उक्त हारको बदला लिनुका साथै लिग जित्ने संभावनालाई मजबुत बनाउन चाहन्छ।