काठमाडौं ।मेचीनगर गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको चौथो संस्करणको फाइनलमा आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो । सडनडेथमा आर्मीका विकाश तामाङ पेनाल्टीमा चुक्दा पुलिसका मानबहादुर परियारले विजयी गोल गरे ।
उपाधिसंगै पुलिसले १० लाख रुपैयाँ तथा उपविजेता आर्मीले ५ लाख रुपैयाँमा प्राप्त गर्यो ।