कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

काठमाडौँ । सुर्खेतमा जारी वाइवाइ कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले जितेको छ ।

शनिबार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि उचालेको हो । उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्याे । उपविजेता हाेराइजनले २ लाखमा प्राप्त गर्याे ।

टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ४६ रन बनाएको थियो । तर १ सय ४६ रनको लक्ष्य पछ्याएको होराइजन १८ ओभर ३ बलमा ८७ रनमा समेटिएको थियो ।

# File Photo