सुन चाँदीको मूल्यमा लगातार गिरावाट

काठमाडौं, बैशाख २० । बैशाख महिना, बिबाहको लगनको समय, अनि सुन चादीको उच्च कारोबार हुने समय भएतापनि सुनको मूल्यमा लगातार गिरावाट आएको छ । आज सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ ।

सुन प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने, प्रति १० ग्रामको मूल्य ५० हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यसैक्रममा, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रति तोला १० रुपैयाँले घटेको छ । त्यसैगरी, चाँदी प्रति तोला सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।