‘दाल भात तरकारी’ को आइटम गीत एन्टीबाइटीकमा प्रियंकाको बोल्ड डान्स

काठमाडौं । फिल्म दाल भात तरकारीको आइटम गीत सार्वजनिक भएको छ । एन्टीबाइटीक खाउँला बोलको उक्त गीतमा अभिनेत्री प्रियंका कार्की बोल्ड अवतारमा प्रस्तुत भएकि छन।

उक्त गीतमा मिना निरौलको आवाज रहेको छ भने गीतमा शब्द हरीवंश आर्चायको रहेको छ । सम्भुजित बास्कोटाको संगीत रहेको फिल्म यही बैशाख २० गतेबाट शुक्रबारबाट देशभर प्रर्दशनमा आउँदै छ ।

फिल्म किरण केसीको प्रस्तुती तथा मह संचारको ब्यानरमा निर्माण भएको सो फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गरेका हुन् ।

उनको डेब्यू निर्देशनमा बनेको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, बसुन्धारा भुषाल लगायतको पनि मुख्य अभिनय रहेको छ ।