चलचित्र जात्रै जात्राको ट्रेलर सार्वजानिक, जेष्ठ ३ बाट प्रदर्शनमा आउने

सुपरहिट चलचित्र जात्राको सिक्वेल जात्रै जात्राको ट्रेलर सार्वजानिक भएको छ। चलचित्र जेष्ठ ३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ।

चलचित्रमा बिपिन कार्की, बर्षा राउत, दयाहाङ राई, रबिन्द्र सिंह बानिया, रबिन्द्र झा, राजाराम पौडेल लगायतको अभिनय रहेको छ।

सिंगे लामा र योगेश्वर पौडेलको सयुक्त लगानिमा निर्माण भएको चलचित्रमा प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको छ।