पाकिस्तानमा गर्मी उच्च बिन्दुमा, लु लागेर १५ जनाको ज्यान गयो

एजेन्सी। पाकिस्तानमा गर्मी उच्च बिन्दुमा पुगेको छ। सिंध प्रान्तको एक प्रसिद्ध तीर्थ स्थलमा बार्षिक धार्मिक अनुष्ठानमा भाग लिने दौरान लु लाग्दा कम्तिमा १५ जनाको मुत्यु भएको छ ।

लाल शाहबाज कलंदर तीर्थ स्थलमा श्रद्धालुहरुको मुत्युको आकडा १५ सम्म पुगेको एक आधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

पछिल्लो चार दिनदेखी शहरका विभिन्न भागमा गर्मीको कहर जारी छ । पाकिस्तान र यहाँसम्म कि विदेशबाट हजारौ श्रद्धालु हरेक बर्ष बार्षिक उत्सवको लागी लाल शाहबाज कलंदरमा जम्मा हुन्छन् ।