म्यान्चेस्टर युनाइटेडको लज्जासपद हार, एभरटनसंग ४-० ले पराजित

मुक्तिनाथ टाईम्स। इंलिस प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले लज्जासपद हार हार बेहोरेको छ। गुडिसन पार्कमा सम्पन्न खेलमा एभरटनले म्यान्चेस्टर युनाइटेडलाई ४-० ले पराजित गरेको हो।

कार्यबाहक म्यानेजर रहदा उत्कृष्ट प्रदर्शन गरेर सबको मन जित्न सफल सोल्सकर हालसालै मात्र ३ बर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। तर मुख्य प्रशिक्षकमा नियुक्त भएसंगै टिमले खराब प्रदर्शन गर्दै लगातार हार बेहोर्दै आएको छ। मध्य हप्ता बार्सिलोनासंग पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको पिडा सेलाउन नपाउदै प्रिमियर लिग अन्तर्गतको खेलमा कमजोर मानिएको एभरटनसंग ४-० को अप्रत्याशित हार ब्यहोरेको हो।

एभरटनले खेलको पहिलो हाल्फ तथा दोश्रो हाल्फमा २-२ गोल गर्दै युनाइटेडलाई स्तब्ध पारेको हो। जितपछि एभरटन ७औ स्थानमा समेत उक्लिन सफल भएको छ।

खेलको १३औ मिनेटमा रिचार्लिसनले गोलसंगै एभरटनले अग्रता लिएको थियो। लगातार युनाइटेडको पोष्टमा आक्रमण गरेको एभरटनले २८औ मिनेटमा अग्रता दोब्बर बनायो, दोश्रो गोल सिगर्सनले गरेका थिए। यस्तै खेलको ५६औ मिनेटमा लुकास डिग्ने तथा ६४औ मिनेटमा थियो वालकोटले गोल गर्दै एभरटलाई ४-० को जित दिलाए।

आजको हारपछि युनाइटेडको टप ४ मा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर भएको छ।