श्रीलंकामा श्रृङ्खलावद्ध बम आक्रमण, सयौंको मृत्यु सयौं घाइते

एजेन्सी। श्रीलंकामा भएको श्रृङ्खलावद्ध बम आक्रमणमा परि हालसम्म २०० भन्दा बढिको मुत्यु र ३०० बढि घाइते भएका छन् ।

एक विस्फोट कोलम्बोको कोचचिकडेमा रहेको सेन्ट एंथोनी चर्चमा भएको थियो । दोस्रो धमाका कटानाको कटुवापिटीया चर्चमा भयो भने तेस्रो आक्रमण बट्टीकलाओ चर्चमा भएको हो । यसको अलावा राजधानी कोलंबोको पाँच तारे होटल शंगरी–ला होटल, सिन्नमन ग्राण्ड र किंग्सबरीमा पनि बम आक्रमण भएको खबर रहेको छ । यी विस्फोटमा धेरै जनाको मुत्यु भएको छ जसमा विदेशी पर्यटकहरु पनि परेका छन् ।

समाचार एजेन्सि एएफपी अनुसार मर्नेको संख्या २०७ पुगेको छ भने ३०० भन्दा बढि घाइते भएका छन् । कोलम्बो नेशनल अस्पतालको अधिकारीले भने घाइतेहरुलाई अस्पताल भर्ना गरीएको छ र घाइतेहरु अरु बढ्न सक्ने सम्भावना रहेको छ ।

पछिल्लो खबर अनुसार ईस्टरको मौकामा चर्च जाने मानिसहरुलाई निशाना बनाएर यो आक्रमण भएको बताइएको छ । अहिलेसम्म श्रीलंकन सरकारले भने यसलाई लिएर कुनै पनि बयान जारी गरको छैन ।