अघिल्लो शुक्रबारदेखि प्रदर्शन गरेको चलचित्र ‘ए मेरो हजुर ३’ले आक्रमक व्यापार जारी राखेको छ। नयाँ बर्षको अवसरमा रिलिज भएको चलचित्र अहिले दोश्रो हप्तामा प्रवेश गरेको छ भने देशैभर आक्रामक कमाई जारी राखेको छ ।
काठमाण्डौको क्यूएफएक्स लगायत गोपिकृष्ण, अष्टनारायण मात्र होइन काठमाण्डौ बाहिरका पोखरा, चितवन लगायतका स्थानमा पनि चलचित्रको व्यापार उच्च छ । योसँगै यो चलचित्र सुपरहिट हुने पक्का भएको छ ।
दोश्रो सातामा पनि गोपीकुष्णका ३ पर्दा हाउसफूल भएको निर्माणपक्षले बताएको छ । सुनिलकुमार थापाको निर्माण भएको चलचित्रलाई झरना थापाले निर्देशन गरेका हुन् ।
चलचित्र ‘छक्का पन्जा ३’ पछि नेपाली चलचित्रले यो खालको व्यापार गरेको हो । हलमा देखिएको दर्शकको चाप अन्य नेपाली चलचित्रमा पनि देखिने चलचित्रकर्मीको आशा छ ।