टोटेन्ह्यामलाई पराजित गर्दै म्यान्चेस्टर सिटी प्रिमियर लिगको शिर्षस्थानमा

मुक्तिनाथ टाईम्स। इङ्लिस प्रिमियर लिग अन्तरगत शनिबार सम्पन्न खेलमा टोटेन्ह्यामलाई पराजित गर्दै म्यान्चेस्टर सिटी शिर्षस्थानमा उक्लेको छ। सिटीको जितमा खेलको ५औ मिनेटमा फिल फोडेनले सर्जियो अगुइरोको हेडपासमा सुन्दर गोल गरेका थिए।

जितसङ्गै सिटीले टोटेन्ह्यामसंग पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको बदला समेत लिएको छ।

निकै प्रतिस्पर्धात्मक खेलमा लगातार आक्रमण गरेपनि सिटीको गोलकिपर तथा डिफेन्सले उत्कृष्ट प्रदर्शन गरेपछि टोटेन्ह्याम गोल गर्नबाट चुकेको थियो।

लिगमा चार चरणको खेल बाँकी रहदा १ अङ्कको अग्रतासहित सिटी शिर्षस्थानमा रहेको छ भने लिभरपुल दोश्रो स्थानमा रहेको छ। बाकी ४ खेल जितेको खण्डमा सिटी च्याम्पियन बन्ने पक्का छ तर बिहिबार हुने म्यान्चेस्टर डर्बीमा जित निकाल्नु पर्नेछ।

आजको जित संगै सिटीको ३४ खेलबाट ८६ अंक भएको छ भएको छ भने दोश्रो स्थानको लिभरपुलको ८५ अंक रहेको छ। हारपछी टोटेन्ह्याम ६७ अंकसहित तेश्रो स्थानमा यथावत छ।