प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया नियुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति बिध्यादेवी भण्डारीले दिनेशकुमार थपलियालाई नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गर्नुभएको छ।

बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर गर्दै सर्वसम्मत अनुमोदन गरेको थियो ।