च्याम्पियन्स लिग सेमिफाइनल ड्रः लिभरपुल र बार्सिलोना तथा आयाक्स र टोटेन्ह्याम भिड्दै

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनल खेलको ड्र सार्वजनिक भएको छ ।

युईएफए ले बिहिबार सेमिफाइनलको ड्र सार्वजनिक गरेको हो । युईएफएले लिगको सेमिफाइनल समीकरण पुरा भएसंगै ड्र निकालेको हो ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलले बार्सिलोना र टोटेनहमले आयाक्ससंग खेल्नेछ ।

सार्वजनिक ड्र अनुसार सेमिफाइनलको पहिलो लेग अप्रिल ३० र मे १ मा हुनेछ । यस्तै दोस्रो लेग मे ७ र ८ मा हुनेछ ।

टोटेनहमले आयाक्ससंग घरेलु मैदानमा अप्रिल ३० तथा बार्सिलोनाले घरेलु मैदानमा लिभरपुलसंग मे १ मा खेल्नेछ । भने मे ८ मा हुने दोस्रो लेगमा टोटेनहम आयाक्स तथा बार्सिलोनाले लिभरपुलसंग उसैको मैदानमा खेल्नेछ ।