सिटीलाई हराउँदै टोटेनहम च्याम्पियन्स लिगको सेमिफाईनलमा

एजेन्सी। म्यान्चेस्टर सिटीलाई हराउँदै टोटेनहम च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ। बुधबार राती सम्पन्न क्वाटरफाइनलको दोश्रो लेगमा ४-३ अन्तरले जित हात पारेतापनि समग्रमा ४-४ गोलको बराबरी सङ्गै अवे गोलको आधारमा म्यान्चेस्टर सिटी क्वाटरफाइनलबाटै बाहिरिएको हो।

इतिहाद स्टेडियममा सम्पन्न दोश्रो लेगमा सिटी ४-३ गोल अन्तरले बिजयी भएको थियो। अत्यन्त रोमाञ्चक खेलमा टोटेनहमलाई भारको निर्णय समेत महत्वपुर्ण बन्यो । दोस्रो हाफको ईन्जुरी समयमा रहिम स्टर्लिङको गोलमा सिटीले जितको उत्सव समेत मनाईसकेको थियो । तर रेफ्रीले भारको प्रयोग गरेर सो गोललाई अफसाईड दिएपछि खेल टोटेनहमको पक्षमा गएको हो ।

क्वाटरफाइनल अन्तरगतको पहिलो लेगमा टोटेन्ह्यामले सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै लिगमा अग्रता लिएको थियो।

यो हार संगै सिटीको च्याम्पियन्स लिग फुटबलमा खराब प्रदर्शन यथावत रह्यो। युरोपियन महारथि बन्न ठुलो लगानि गरेको सिटी टिममा उकृष्ट खेलाडीहरुको बाहुल्यता रहेको छ तर उसको च्याम्पियन्स लिगमा भने निरन्तर खराब प्रदर्शन रहदै आएको छ।