श्वेता खड्काको ‘कान्छी’ युट्युबमा रिलिज, ३ दिनमा २.२ मिलियन भ्युज

काठमाण्डौ। नायिका श्वेता खड्काको निर्माण तथा अभिनय रहेको नेपाली चलचित्र ‘कान्छी’ गत शुक्रबारबाट युट्युबमा रिलिज भएको छ। चलचित्र रिलिजको ३ दिनमा २ लाख २० हजार पटक हेरिएको छ। त्यस्तैगरी युट्युब ट्रेन्डिङको तेश्रो नंबरमा रहेको छ।

चलचित्रमा श्वेता खड्का, दयाह्याङ राई, अशान्त शर्मा,अनु शाह, कामेश्वर चौरासिया, प्रज्वल सुजल गिरी, बिनोद न्यौपाने, भुमिका श्रेष्ठ, निर शाह, रमेश अधिकारी तथा जय नन्द लामा लगायतको अभिनय रहेको छ।