क्रिष्टल प्यालेसलाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

एजेन्सी । म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

क्रिष्टलको मैदानमा खेलको १५ औं मिनेटमा स्ट्रलिङले गोल सिटीलाई सुरुवाती अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा  स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

खेलको ८१ औं मिनेटमा क्रिष्टलका मिलिजोभिकले गोल गर्दै खेल २-१ स्थितिमा ल्याए । तर, खेलको इन्जुरी समयमा जिससले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जितसंगै सिटीले ३३ खेलबाट ८३ जोडेको छ । सिटी लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पराजित क्रिष्टल ३९ अंक जोडेर १३ औं स्थानमा छ ।