काठमाडौं, २८ चैत– सरकारले पुरानो संरचना अनुशारको पाँच विकास क्षेत्रअन्तगर्त रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ ।
आज सरकारले गरेका पछिल्ला निर्णहरुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मन्त्रिपरिषद् बैठकले क्षेत्रिय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको बताउनुभयो ।
धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको हो । प्रवक्ता बास्कोटाका अनुसार खारेज गरिएका कार्यालयका सम्पत्ति सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई हस्तान्तरण गरिनेछन् ।