सरकारका काम देखेर भ्रष्टाचारी डराउन थाले : प्रधानमन्त्री ओली

काठमाण्डौँ, चैत्र १०। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम देखेर भ्रष्टाचारी डराउन थालेका बताउनु भ​एको छ​। चालू अधिवेशन सकिनु अघि आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले उल्लेखनीय काम गर्दै आएको समेत बताए।

सम्बोधनको क्रममा ओलीले भारतमा पनि ३३ किलो सुन पक्राउ परेको उल्लेख गरेका छन्।

‘हामी महिला सहभागीताको मामलामा धेरै विकसित देश भन्दा धेरै अगाडि छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘महिला अधिकारका विषयमा अमेरिका र चीनभन्दा हामी अगाडि छौँ। अब अझ सहभागीतालाई गतिलो बनाउन हामी लागेका छौँ।’