अमेरिकाले नेपाललाई पाँच वर्षमा डेढ खर्ब सहयोग गर्ने

काठमाडौं  ९ चैत ।अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रुपैयाँ बराबर पु-याउने बताएको छ ।याे समाचार अन्नपूर्णमा प्रकाशित छ ।

शुक्रबार २४३ औँ राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत -यान्डी डब्लू बेरीले अमेरिकाले नेपाललाई बिनाशर्त यो सहयोग दिन लागेको प्रस्ट पारेका छन् ।दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले अमेरिकाले आफूलाई कुनै दाताभन्दा पनि साझेदारको रुपमा सहयोग गर्न लागेको उल्लेख गरे ।

‘अमेरिका र नेपालबीच बलियो, प्रगाढ र सन्निकट सम्बन् आगामी दिनमा अझै प्रगाढ र आत्मीय बनदै जानेछ,’ राजदूत बेरीले भने, ‘म यो सम्बन्धको निरन्तरताको कामना गर्दछु ।’