झापाको दमकमा क्रिकेट एकेडेमी बन्ने

इश्वर रेग्मी, दमक। झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। यसै क्रममा आज एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने छ।

क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया रहने अनुमान गरिएको र आगामी बैशाख १५ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष रहेको संस्थाका अध्यक्ष इन्जिनीयर प्रविण पाठकले बताएका छन।

नेपाली क्रिकेटको बिकाशको लागी आफु हरपल लागिपर्ने पाठकले बताएका छन। क्रिकेट एकेडेमीले झापा जिल्लामा रहेका प्रतिभाहरु लाई उजागर गर्ने, अवसर प्रदान गर्ने तथा राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्ने लक्ष राखेको छ। त्यस्तै आर्थिक अभाबका कारण खेल बाट बन्चित भएकालाई पनि सक्दो सहयोग यस एकेडेमीले गर्ने जनाइएको छ।