काठमाडौं उपत्यका सहित देशभर मौसममा बदलीः भोलीदेखि सुधार हुने

काठमाडौं, ४ चैत । आज काठमाडौं उपत्यका सहित देशका केहि भागमा पानी परेको छ । पहाडी भेगमा बादल लागेको छ भने अन्य केही ठाउँमा हलुका बर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी वायुसँग स्थानीय वायु पनि मिसिदा मौसममा परिवर्तन आएको हो । कमजोर पश्चिमी वायुको प्रणालीमा स्थानीय वायु मिसिदा बादल देखिएको हो । यस्तो बेलामा मेघ गर्जनसहित हल्का फुल्का वर्षा हुने बताइएको छ ।

देशभरिका पहाडी भागमा यस्तो बदली देखिएको भएपनि ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । हिउँद सकिएसँगै तापक्रम बढ्न थालेको छ । मौसमबिदका अनुसार भोलीदेखि भने काठमाडौंको मौसममा सुधार हुने छ ।