दाल भात तरकारीको शिर्ष गित सार्वजानिक(हेर्नुहोस भिडियो)

काठमाडाैं । बैशाख २० गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको पहिलो गीत ‘भिजिट भिषामा’ ले युट्युबमा करोड भ्यूज पाउन सफल भएको खुसीयालीमा निर्माण टिमले पत्रकारलाई साक्षी राखेर शिर्ष गीत सार्वजनिक गरेको हो ।

राजेशपायल राई र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा चलचित्रका लिड कलाकारहरु पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंह फिचर्ड छन् । हरिवंश र निरुतालाई भने सेफको पहिरनमा देख्न सकिन्छ । चलचित्रमा उनीहरु अभिनेता पुष्पको माता-पिताको भूमिकामा छन् । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् ।

मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा भन्छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित चलचित्र हो ।

बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् ।