काठमाडौं को धुलो सरसफाई गर्न इटालीबाट ल्याइयो चार नयाँ ब्रुमर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ वटा नयाँ ब्रुमर भित्र्याएको छ । काठमाडौंको धुलो टिप्न महानगरपालिकाले ८ करोडभन्दा बढी खर्चेर इटालीबाट ४ वटा ब्रुमर भित्र्याएको हो ।

महानगरपालिकासँग भएका पुराना ब्रुमरले टिपेको धुलो माथिबाट पुनः खस्ने गथ्र्यो । जसले गर्दा सफा गरेको पनि कुनै अर्थ हुँदैनथ्यो । सडकका विभागका ब्रुमर पनि काठमाडौंका हकमा त्यति उपयोगी नभएको पाइन्छ ।

एयरपोर्ट, सिनामंगल, बानेश्वर, त्रिपुरेश्वर, टेकू, कालीमाटी, कलंकी, टुँडिखेल, सिंहदरबार, दरबारमार्ग, चक्रपथ लगायतका मुख्य सडक क्षेत्रका साथै स्वयम्भु, पशुपति, बौद्ध, हनुमानढोका जस्ता ऐतिहासिक सम्पदा क्षेत्रहरुमा ब्रुमरले सफाइ गर्नेछ ।