सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक

काठमाडौँ,३० फागुन –आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी)सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए।