प्रदेश १ मा सुविधा सम्पन्न प्रहरी कार्यालय भवन निर्माण हुने

विराटनगर । १ नम्बर प्रदेश सरकारबाट बहुबर्षीय बजेट ब्यवस्था भए अनुसार आर्थीक बर्ष ०७५/०७६ मा रु ५ करोड बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ बर्ष भित्रमा १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुबिधा उक्त कार्यालय भवन निर्माण सम्पन्न हुने गरी आज प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले एक समारोहका विच शिलालेख अनावरण गरी विधिवत रुपमा शिलान्यास गरेका छन्।

साथै प्रमुख अतिथी मुख्य मन्त्रिले  प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा चार पाङग्रे गाडी र २०० वटा मोटरसाईकलको रिवन काटेर परिचालन शुभारम्भ समेत गरेका छन्।

साथै कार्यक्रममा प्रदेश प्रहरी कार्यालय भवनको डिजाईन तयार गर्ने आर्किटेक्ट ईन्जिनियर कंचन विष्ट रानालाई सम्मान पत्रबाट सम्मान गरेका थिए। सम्मान कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरक्षा अवस्था मजबुत नभएसम्म बिकास निर्माणलाई अगाडी बढाउन नसकिने धारणा राख्नु हुँदै प्रदेश सरकारले पहिलो प्राथामिकतामा सुरक्षा ब्यबस्था बलियो बनाउने नीति रहेको बताएका थिए।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी प्रहरी नायव महानिरीक्षक केदार रिजालले स्वागत मन्तब्य राख्दै सुरक्षा पहिलो र आधारभुत सर्त रहेको बताउदै आन्तरिक शान्ति सुरक्षाको अग्र भागमा रहने नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रबिधीमैत्री बनाउन भौतिक पुर्वाधार लगाएतका श्रोत साधनहरुको पनि त्यतिकै आवश्यकता रहेको हुँदा प्रदेश सरकार बाट नेपाल प्रहरीलाई भौतिक पुर्वाधार युक्त बनाउने नीति अत्यन्तै सान्दर्भीक रहेको बताएका थिए।