नेपालमा बीमाको पहुच उत्साहजनक रुपमा बढ्दो

मुक्तिनाथ टाईम्स। नेपालमा बीमा बजारको पहुँच लगातार बड्दो क्रममा रहेको छ। हाल सम्मको सर्वेक्षेण अनुसार नेपाली बजारमा बीमाको पहुँच १७ प्रतिशत पुगेको छ । बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७५/७६ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५२ लाख ५० हजार १२७ वटा बीमालेख जारी गरेका छन् ।

उक्त अवधिमा कम्पनीले १६ लाख ५२ हजार ४५३ बैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । त्यस्तै, २ लाख ६२ हजार ५०६ वटा बीमालेख दोहोरिएको हुन सक्ने समितिले अनुमान गरेको छ ।

त्यस्तै, समितिको तथ्यांक अनुसार आव २०७४/७५ मा बीमाको पहुँच १४ प्रतिशत रहेको थियो । उक्त अवधिमा कम्पनीहरुले ५२ लाख १६ हजार २४६ वटा बीमालेख जारी गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । त्यस्तै कम्पनीहरुले ६ लाख ४८ हजार ८४ बैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । सो अवधिमा २ लाख २८ हजार ६०७ बिमालेख दोहोरिएको हुन सक्ने समितिको अनुमान छ ।