नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा म्याग्दीमा

फागुन २५, म्याग्दी। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता बिहीबार म्याग्दी आएका छन्।

सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आएका हुन्।

हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेको छ।

नेताहरुले कुण्डको अवलोकनसँगै स्नानसमेत गरेका छन्। उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुऱ्याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए।