प्रदिप जसिता अभिनित फिल्म लभ स्टेशनको ट्रेलर सार्वजनिक(हेर्नुहोस् ट्रेलर)

प्रदिप खड्का र जसिता गुरुङ अभिनित फिल्म लभ स्टेशनको ट्रेलर सार्वजनिक भएको छ। प्रदिपको अहिलेसम्मकै दमदार अभिनय रहेको फिल्ममा प्रेम, विछोड र एक्सनको भरपुर मनोरन्जन लिन सक्नुहुने छ।

लभ स्टेशन यहि चैत्र २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्ममा प्रदिप र जसिताका साथै रमेश बुढाथोकी, सिरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश साह, कलु राणा, दिनेश काफ्ले, रश्मी पाण्डे, रिशु खरेल तथा ज्वलन्त गौतम लगायतको अभिनय रहेको छ।

कुमार श्रेष्ठको एक्सन तथा दिपक शर्मा, सम्भुजित बास्कोटा, राजनराज शिवाकोटी र अलिश कार्कीको संगीत रहेको फिल्मलाई उज्वल घिमिरेले निर्देशन गर्नुभएको छ।