शिवम् सिमेन्टस लिमिटेडको साधारण शेयर बुधबार बाँडफाँड हुदै

मुक्तिनाथ टाईम्स, २१ फागुन। शिवम सिमेन्टको आईपिओ बुधबार बिहान बाँडफाँड भएको छ । शिवमले सर्वसाधारणलाई निष्काशन गरेको ४१ लाख २० हजार कित्ता तथा स्थानीयले आबेदन नगरेको सहित ४२ लाख १४ हजार ३३५ कित्ता शेयर बाँडफाड हुनेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको सर्वसाधारण तर्फ ५१ हजार ८८२ आबेदनबाट ५१ लाख ८९ हजार ५६० कित्ताका लागि आवेदन परेको छ ।

त्यस अनुसार प्रति आबेदकले न्युनतम ७२० कित्ता सम्म पाउने छन । तर प्रिमियम मूल्यमा थप २०० रुपैयाँमा आईपिओ निष्काशन गरेको हुनाले अधिकांसले कम शेयर माग गरेका छन् । त्यस अनुसार सबै आबेदकले माग अनुसार पाउनेछ ।

शिवम सिमेन्टको आइपिओमा स्थानीय तर्फ १ हजार ८९७ जनाले ४ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले स्थानीय तर्फ आवश्यक आबेदन नपरेकोले बाँकी शेयर सर्वसाधारणलाई वितरण गर्ने जनाएको छ ।