नेपाली चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)

काठमाडौँ। चैत्र १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युबमार्फत रिलिज भएको हो।

चलचित्रमा गौरव पहारी, दयाहाङ राई, मेनुका प्रधान र केनिपा सिंहको मुख्य अभिनय रहेको छ। चलचित्रलाई ’कबड्डी’ फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका छन्। साइँलीको कथा पनि निर्देशक गुरुङ आफैले लेखेका हुन्। चलचित्रमा हेमन्त, गौरव, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहेको छ। चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनमा आउने छ।