देशबाट एउटा उर्जाशील युवा अस्ताए : गगन थापा

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले नेपालबाट एउटा उर्जाशील युवा अस्ताएको बताएका छन् । स्वर्गीय अधिकारीको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न टुँडिखेल पुगेका थापाले नेपाली राजनीतिक इतिहासमा ठूलो क्षति भएको बताए ।

अधिकारी क्षमतावान राजनीतिक नेता रहेको भन्दै थापाले विद्यार्थी राजनीतिकलाई उच्च तहमा पुराउने ठुलो भुमिका अधिकारीले नै खेलेको बताए ।

२०५५ सालतिर मन्त्री अधिकारीकै नेतृत्वमा आन्दोलन गर्दाको क्षण सम्झँदै थापाले भने, ‘मन्त्री अधिकारीले विशुद्ध विद्यार्थी राजनीतिक आन्दोलन गरेर राजनीतिक क्षेत्रमा नयाँ बाटो निर्माण गर्नुभएको थियो ।

कुनै दुईवटा राजनीतिक दलको युवाहरूको बीचको सम्बन्ध भन्दा धेरै एकदमै धेरै नजिकको असल मित्रको सम्बन्धको रूपमा हामीबीच वर्षौंदेखि सम्बन्ध विकास भयो। कैयौँ कामहरू सँगै गर्यौँ। थुप्रै सानासाना समूह बनाएर सँगै काम गर्यौँ। मलाई गाह्रोसाह्रो परेको बेलामा अफ्ठ्यारो परेको बेलामा, धेरै लखेटिएको बेलामा खोजीखोजीकन आएर भेटेर सम्झाएको पनि सम्झन्छु।

मन्त्री अधिकारीसँगको अन्तिम भेट सम्झँदै थापाले त्रिभुवन विमानस्थलमा भएको भेटमा परिवारका सबै सदस्य र विशेषगरी छोरीहरुको खबर सोधेको थापाले बताए । उनले यो घटनाले आफूलाई स्तब्ध बनाएको बताउनुभयो ! जय नेपाल !!

यो न्युज फेसबुक पेजबाट साभार गरिएको हो।