चर्चित हास्य टेलिश्रीङ्खला भद्रगोल २०० औ विशेष शृङ्खलामा(भिडियो सहित)

मुक्तिनाथ टाईम्स, १८ फागुन। चर्चित हास्य टेलिश्रीङ्खला भद्रगोलले आफ्नो प्रशारण को सफलता पुर्वक २०० शृङ्खला पुरा गरेको छ। भद्रगोल २०७० कार्तिक ०८ गतेबाट सुरु भएको हास्य टेलिश्रीङ्खला हो। सोहि अवसरमा यस हास्य टेलिश्रीङ्खला सम्पुर्ण कलाकार, प्राबिधिक, शुभेच्छुक तथा बरिष्ट व्यक्तिहरुले शुभकामना व्यक्त गर्नु भएको थियो।

‘भद्रगोल’ नेपाल टेलिभिजन मार्फत हरेक शुक्रबार ८ः५० बजे प्रशारण हुदै आइरहेको छ। हास्यव्यङ्ग्य क्षेत्रमा लामो समयदेखि निरन्तर फरक प्रस्तुती सहित मनोरञ्जन दिदै आएको यो टेलिश्रीङ्खला अहिले देशकै सबै भन्दा धेरै रुचाइएको मनोरञ्जनात्मक कार्यक्रम हो।

सोहि अवसरमा टेलिश्रीङ्खलाका मुख्य कलाकार कमलमणी नेपाल अर्थात “खुपीका बाउ” आफ्नो फेसबुक वालमा यसप्रकार लेख्नुहुन्छ ‘भद्रगोल टेलिश्रीङ्खला ले आज बाट आफ्नो प्रशारण को सफलता पुर्वक २०० औ भाग पुरा गरेको छ! हामि लाइ यहा सम्म ल्याइपुर्याउन महत्वपुर्ण योगदान पुर्याउनु हुने नेपाल टेलिभिजन परिवार, मिडिया हब प्रालि, बिज्ञापन दाता हरु, प्राबिधिक टिम, कलाकार, तथा सम्पुर्ण दर्शक हरु प्रति हार्दिक आभार प्रकट गर्दछौ! ! दर्शक हरुको सुझाब सल्लाह, प्रतिकृया र माया लाइ आधार मान्दै हामि आगामि भाग हरु निरन्तर तपाईं हरुको मन जित्दै जाने प्रयाश गर्ने छौ! यसका साथसाथै यो बिशेस अबसर मा “कलाकारिता सङसङ्गै समाज सेवा ” भन्ने मुल नारा लाइ आत्मा साथ गर्दै मिडिया हब प्रालि र हामि भद्रगोल परिवार को तर्फ बाट धुर्मुश सुन्तलि फाउन्डेशन को अगुवाइ मा निर्माणाधिन गौतम बुद्ध अन्तरास्ट्रीय कृकेट रङ्गशाला निर्माणार्थ सहयोग स्वरुप रु २१११११ (दुइलाख एघार हजार एक शय एघार) सहयोग हस्तान्तरण गरेका छौ! यस बाट हामि सम्पुर्ण नेपालि हरु प्रति सहयोगि भावना को सन्देश समेत प्रबाह गर्न चाहान्छौ! हामिलाइ निरन्तर माया गर्दै सुझाब , सल्लाह र प्रतिकृया दिनुहुन अनुरोध गर्दछौ! धन्यबाद!!’