उपत्यका लगायत देशका अधिकाशं क्षेत्रमा भारी बर्षासहित हिमपात

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। काठमाडौं उपत्यकाका भक्तपुरका बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा हिमपात भएको छ।

पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको हो।

मौसम विभागले बिहिबार दिउँसोबाट पानी पर्न रोकिने जनाएको छ। त्यसैगरी विभागले भोली घाम लागे पनि पर्सिबाट फेरि अर्को पश्चिमी वायु सक्रिय हुने जनाएको छ।

काठमाडौंमा रातभर नै पानी परेको थियो र बिहिबार तापक्रम अधिक्तम १०देखी १२ डिग्रीकाबिचमा रहने अनुमान गरिएको छ।