हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु

काठमाडौँ, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

आज ताप्लेजुङमा भएको दुर्घटनामा एयर डाइनेष्टी हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।पर्यटनमन्त्री अधिकारीका साथ उहाका अङ्गरक्षक अर्जुन घिमिरे, प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहाल, यति एयरका प्रवन्धक आङ्छिरिङ शेर्पा,नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए।

काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।हेलिकप्टरमा मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा एयर डाइनेष्टीका सञ्चालक आङछिरिङ शेर्पा लगायतका यात्रु सवार थिए। त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ७ जनाको शव फेला परेको बताए।