भष्ट्राचार विरुद्दको महाअभियानमा विवेकशील साझा पार्टी

१४ फागुन, काठमाण्डौ। विवेकशील साझा पार्टीले आज मंगलबार​ भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा प्रदर्शन गरेको छ।

त्यस अवसरमा अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी तत्काल कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको छ।

विवेकशीलले वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभकर र अन्य करहरु, नेपाल आयल निगमको जग्गा खरिद प्रकृया, फोरजी सेवा विस्तार निर्णय स्वीस बैंकमा नेपालीहरुले राखेको धन लगायतका विषयमा अख्तियारको अनुसन्धानप्रति सबैको ध्यान खिचिएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’ लगायतका प्लेकार्ड सहित प्रर्दशन गरेका थिए ।