राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा विधेयक प्रमाणीकरण

फागुन १०, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयबाट जानकारी प्राप्त भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको हो ।

त्यस्तै संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पनि प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।