लुटेर खान प्रोत्साहन गर्ने गीत जनताले मन पराएनन् अनि हटाएः प्रधानमन्त्री

फागुन ८,काठमाण्डौँ। बुधबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक पशुपति शर्माकोले आफ्नै लुटेर खा भाइ लुटेर खा भन्ने गीत युट्युबाट हटाएको दाबी गरे।

‘उनले भावनामा बगेर एकछिन एउटा गीत लेखे, युट्युबमा पनि हाले तर सबैले राम्रो गरेनौ भाइ भनेपछि हटाए त सिधियो नि कुरो । सरकारले केही भनेकै छैन । सरकारले किन केही भन्नु पर्छ ? । सरकार यति भन्छ, सुबाटोमा हिँड’, प्रधानमन्त्रीले भने ।

ओलीले भने,‘हामी नचाहिने कुरामा रमाउँछौ। नचाहिने कुरामा प्रोत्साहित गर्छौ। एउटाले भुलचुकमा गीत बनायो रे। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्, जनताले तिम्रो गीत मन पराएनौं भनेपछि उनले युट्युबबाट हटाएछन्।’

ओलीले गायक पशुपति शर्माको गीत लुट्न सके लुट् युटुबबाट हटाउँदा कांग्रेस सांसदले प्रोत्साहन गरेको देखेर आफूलाई अचम्म लागेको बताएका छन्।

ओलीले कांग्रेस सांसदले पुरस्कार दिएर त्यस्तो गीत प्रोत्साहन गर्न खोजेकोमा आपत्ति समेत जनाए। उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको बताए।