यस साताको नेप्से परिसुचक १४.६५ बिन्दुले घट्यो

धितोपत्र बजारमा यस साता बिभिन्न ५ कम्पनीको शेयर सुचिकृत भएका छन। नेपाल स्टक एक्स्चेन्जका अनुसार एनसीसी बैंकको ७९ लाख ११ हजार २ सय ८१ कित्ता हकप्रद शेयर सुचिकृत भएको छ।

यस्तै जानकी फाइनान्स लिमिटेडओ ८ लाख ८७ हजार ४ सय६६ कित्ता शेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको २० लाख कित्ता शेयर लाभांश सुचिकृत भएको छ।

साताभर शेयर कारोबार मापन गर्ने नेप्से परिसुचक १४.६५ बिन्दुले घटेको छ। यस्तै यो साता एभरेष्ट बैंकको संस्थापक शेयर सबै भन्दा बढि कारोबार भएको छ। सो बैंकको रु एक अर्ब ९१ करोड ७६ लाख बराबरको कारोवार भयो ।

यस्तै दोस्रोमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु ६२ लाख बराबरको कारोवार भएको छ । यस्तै प्रभु बैंक, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, प्रभु बैंक लिमिटेको संस्थापक शेयर, नेपाल बैंक लिमिटेड र माछापुच्छ्रे बैंकको शेयर बढी कारोबार भयो ।रासस