हालसम्म ८ हजार ४ सय २२ जना कर्मचारीको समायोजन सम्पन्न

मुक्तिनाथ टाईम्स

फागुन ४, काठमाण्डौ। कर्मचारी समायोजन प्रकृया अन्तर्गत हालसम्म ८ हजार ४ सय २२ जना कर्मचारीको समायोजन सम्पन्न भएको छ।

फागुन ३ गतेसम्म समायोजन प्रकृयामा समेटिएका सबै ७५ हजार कर्मचारीको समायोजन प्रकृया सकिने भनिए पनि प्राविधिक समस्याका कारण काममा केहि ढिलाई भैरहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

८ हजार ४ सय २२ जना मध्य ५७ जना सचिव र ६७६ जना सहसचिवले समायोजनको पत्र बुझेका छन। सबैभन्दा बढि राजपत्र अंकित त्रितिय श्रेणी सामान्य प्रशासन समुह अन्तर्गतका २८९० जना कर्मचारीको अन्तिम नतिजा तयार भैसकेको छ। ४ वटा समुहका २० हजार कर्मचारीको नतिजा अन्तिम चरणमा पुगेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

फागुन ३ गतेसम्म समायोजन प्रकृयामा समेटिएका सबै कर्मचारी समायोजन प्रकृया सकाउने सरकारको योजना थियो। तर निजामति किताबखानामा भएको कर्मचारे विवरणमा भेटिएको त्रुटीका कारण केहि ढिलाई भैरहेको मन्त्रालयको भनाई छ।

अनलाइन आवेदन नदिएका कर्मचारीहरुलाई पनि समायोजन प्रकृयामा समेट्ने गरी काम भइरहेको छ। कर्मचारीको रुचीको आधारमा भन्दा पनि संघ, प्रदेश र स्थानिय तह गरी तिनै तहहरुको संरचनाको आधारमा कर्मचारी खटाइने मन्त्रालयले जनाएको छ