पशुपति शर्माको नयाँ गित ‘लुट्‍न सके लुट् कान्छा’ भयो भाइरल (भिडियो सहित)

काठमाडौं।चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गित सार्वजनिक भएको हो । गीतमा नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै गायक पशुपति शर्माले गित निकालेका हुन् ।

गीत गायक शर्माले ‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका हुन् । देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका छन। उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका छन्।

यस भिडियोलाइ दुर्गा पौडेलले निर्देशन गरेका हुन भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन्। गीतको म्युजिक भिडियोमा पशुपती शर्मा, मञ्जु विक र प्रज्योल भण्डारी अभिनय गरेका छन्।गीतमा शब्द अनी संगीत पनि गायक शर्माकै रहेको छ । यसको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्।