मानव तस्करीको अन्तराष्ट्रिय जालो खोज्दै ‘सिधा कुरा जनता संग’ कार्यक्रम आज दिल्लीबाट

मुक्तिनाथ टाईम्स,१६ फागुन। सिधा कुरा जनतासंगका प्रमुख रबि लमिछाने टिम सहित नेपाल को छिमेकी राष्ट्र भारत जानु भएको छ । मानव तस्करीको अन्तर्राष्ट्रिय संजाल खोज्दै सिधा कुरा टिम सकुशल दिल्लीमा पुगेको हो ।

पछिल्लो समय भारतको बाटो भएर मानव तस्कर भएका तमाम घटनाहरु र सुराकी आएको ले सत्य कुरा बाहिर ल्याउन रबि लामिछानेको टिम भारत पुगेको हो ।

आजको कार्यक्रम दिल्लीबाटै लाइभ हुने र यो एपिसोड सबै नेपालीले हेर्नै पर्ने दिपक बोहराले आफ्नो फेसबुक पेज मार्फत जिकिर गर्नु भएको छ।