कास्मिरको हमलामा ४०सुरक्षाकर्मीको मृत्यु प्रधानमन्त्रीओलीद्वारा दुःख व्यक्त

काठमाडौं, ३ फागुन ।भारत प्रशासित कश्मिरमा विद्रोहीले गरेको आक्रमणको प्रधानमन्त्री केपी शर्मा ओलीलेदुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी कश्मिरमा सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्नुभएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ । कश्मिरकोे पुलवामा गुडिरहेको सैनिक गाडीलाई लक्षित गरी भएको आक्रमणमा ४० जनाको मृत्यु भएको थियो । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

आक्रमणको जिम्मेवारी आतङ्ककारी समूह जैस–ए मोहम्मदले लिएको छ । भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।