फागुन २, काठमाडौँ । मनोरञ्जन क्षेत्रका हटकेक जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोईरालाले आफनो लामो समयको प्रेम सम्बन्धनलाई पूर्णबिराम लगाउँदै बैवाहिक बन्धनमा बाँधिएका छन् ।
आज उनीहरुले काठमाण्डौको एक होटेलमा हिन्दु परम्परा अनुसार बिबाह गरेका हुन ।
उनीहरुले बिगत सात बर्ष सम्मको लामो प्रेम सम्बन्धलाई आज भ्यालेनटाईन डे को अवसर पारेर उक्त सम्बन्धलाई बिवाहको नाम दिई नयाँ जिवन सुरुवात गरेका छन् ।
निकै रुचाइएका यि जोडीले पारिवारिक सदस्यहरुको उपस्थितीमा बिबाह गरेका हुन। बिबाहमा फिल्म क्षेत्र तथा पत्रकारहरुलाई समेत कसैलाई निमन्त्रणा गरिएको थिएन।
भोली बेलुकी आफन्त र चलचित्रकर्मीबिच पार्टीको आयोजना गरेको खबर प्राप्त भएको छ।
-Photo source:- Photo Pasal