सरकार गठनको १ बर्ष पुरा भएको अवसरमा प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन

काठमाडौं, २ फागुन । सरकार गठन भएको आज १ बर्ष पूरा भएको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षमा सरकारले समृद्धीको आधार तयार पारेको बताउनुभएको छ

१ बर्षको अवधिमा सरकारले गरेका कामहरुको जानकारी गराउदै प्रधानमन्त्री ओलीले सरकार सकारात्मक आलोचनाहरुलाइ सधै स्वीकार गर्दै अगाडी बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले एक बर्षमा सरकारले संविधान कार्यान्वयनको लागि आवश्यक कानुनहरु बनाएको, प्रदेश र स्थानीय तहका लागि आवश्यक कार्यविधि र निर्देशिका तयार पारिएको, संघ, प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी दरबन्दी कायम गरिएको बताउनुभयो ।

संविधान अनुकुल कानुन बनाउने र संविधान अनुकुल नभएका कानुन खारेज गरिनुलाइ पनि सरकारले आफ्नो उपलब्धि मानेको उहाँले बताउनुभयो । कर्मचारी समायोजन, लगानीमैत्री वातावरणको लागि ऐनहरु निर्माण, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको स्तरउन्नती, अरु बिमानस्थल निर्माणको काम लगाएतलाइ पनि सरकारले उपलब्धिको रुपमा हेरेरको छ । औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको पनि प्रधानमन्त्रीले बताउनुभएको छ ।

त्यस्तै ८७ वटा पुल, चारसय १७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई छ ।