पल र आंचलको Valentine Special’मायामा तिम्रो’ सार्वजानिक(भिडियोसहित)

प्रणयको दिवसको पूर्व सन्ध्यामा गीतकार सुरेश वाग्लेको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको यूगल गायनमा ‘मायामा तिम्रो…’ बोलको गीत सोमबार सार्वजनिक भएको हो।

मेघराज लगुनद्वारा संगीतबद्ध सार्वजनिक गीतमा सुरेश वाग्ले र संगीतकार लगुन स्वयम्कै रचना रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा बिकास सुवेदीको निर्देशन तथा चर्चित कलाकारहरु पल शाह र आँचल शर्माको अभिनय देख्न सकिन्छ।

कलाकार शाहले सार्वजनिक म्युजिक भिडियोप्रति निकै उत्साह व्यक्त गरेका छन् भने शर्माले पनि आफ्ना म्युजिक भिडियोको करियरमा सार्वजनिक म्युजिक भिडियो आफ्नो रोजाइमा परेको प्रतिक्रिया दिइन् । भिडियोमा गीतकार वाग्ले तथा सुशिल काफ्लेको पनि अभिनय देख्न सकिन्छ।