बर्षा र सन्जोगले गरे ‘इन्गेजमेन्ट’

काठमाडौँ, २९ माघ । आउँदो फागुन २ गते प्रेम दिवसको दिन लगानगाँठो कस्न लागेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले टिकाटालो गरेका छन् ।

सोमवार उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाए ।इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आ आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् । दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् ।

फ्रेब्रुअरी १४ मा विवाह बन्धनमा बाँधिन लागेका वर्षा र सन्जोगले विवाहको केही दिन अघि सोमबार इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले पारिवारिक सदस्यको उपस्थितिमा ‘इन्गेजमेन्ट गरेका हुन्।

यी दुइले करिब ७ वर्षदेखिको प्रेमलाई फागुन २ गते हिन्दु परम्परा अनुसार विवाहमा परिणत गर्नेछन् । दुवैले विवाहको मिति सार्वजनिक गरेसँगै प्रशंसक तथा शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिँदै आएका छन्।