फेसबुकको म्यासेन्जरमा बहुउपयोगी फिचर, पठाएको म्यासेज अनसेन्ड गर्न सकिने

एजेन्सी। सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो म्यासेन्जरमा नयाँ फिचर ल्याएको छ। यो फिचरलाई अनसेन्ड फिचरको नाम दिइएको छ। म्यासेन्जरबाट अरुलाई पठाएको म्यासेज डिलिट गर्नुपर्ने भए त्यो म्यासेजलाई आफ्नो म्यासेज बक्सको साथ साथै पाउने व्यक्तिको म्यासेज बक्सबाट पनि पुर्णरुपमा डिलिट गर्न सकिने छ। यो फिचर यस अगाडी भाइबर तथा ह्वाट्सएपमा प्रयोगमा आइसकेको छ। यस अन्तर्गत पहिले म्यासेज डिलिट भन्ने अप्सन आउथ्यो भने अब डिलिट फर माइसेल्फ र डिलिट फर एभ्रिवन भन्ने अप्सन आउने छ।

डिलिट फर एभ्रिवन गरेको खण्डमा पठाएको म्यासेज पठाउने तथा पाउने दुबै युजरको म्यासेज बक्सबाट पुर्ण रुपमा डिलिट हुने छ।

तर म्यासेज १० मिनेट भित्र डिलिट गरेको खण्डमा मात्र दुबै युजरको म्यासेज बक्सबाट डिलिट हुने गर्दछ। अन्यथा ढिलो गरेको म्यासेज पाउने युजरको बक्सबाट भने डिलिट हुने छैन। त्यसैले भुलबस कसैलाई अनावश्यक म्यासेज गएको खण्डमा त्यो गल्तीलाई सुधार्न यो फिचर अति उपयोगी हुने छ।

अब उक्त म्यासेज डिलिट गर्नको लागी म्यासेजमा ट्याप गरेर होल्ड गरिरहने, त्यसपछी दुईवटा “डिलिट फर माइसेल्फ” र “डिलिट फर एभ्रिवन” भन्ने अप्सन आउने छ। “डिलिट फर माइसेल्फ”अप्सन चुज गरेको खण्डमा आफ्नो म्यासेज मात्र डिलिट हुनेछ भने “डिलिट फर एभ्रिवन” अप्सन चुज गरेको खण्डमा पठाउने प्राप्त गर्ने दुबै युजरको म्यासेज बक्सबाट डिलिट हुने छ।